२०८३ कात्तिक २१ , शुक्रबार

एमाले भेरीगंगा नगर कमिटीले गर्यो मिसन पार्टी जागरण कार्यक्रम २०८३ सम्पन्न



केशर वली/सुर्खेत: ने.क.पा. एमाले भेरीगंगा नगर कमिटीले पालिकामा मिसन पार्टी जागरण २०८३ को पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ। एमाले केन्द्रीय सचिवालयको बैठकले असार ४ गते विराटनगरबाट यस कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरेको थियो।

२०८२ सालको जेन्जी आन्दोलन त्यसपछि पार्टीले प्रतिनिधि सभाको निर्वाचनमा बेहोर्नु परेको पराजयलाई समीक्षा गर्दै अब हुने स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टीले जागरण अभियान भेरीगंगामा थालेको त्यसको नेतृत्व पार्टीका केन्द्रीय प्रतिनिधि चुडामणि शर्माले गरेका छन्।

कार्तिक -८ गतेदेखि सञ्चालन भएको यो कार्यक्रम आज -२० गते पालिकाका सबै वडामा सम्पन्न भएको एमाले भेरीगंगा नगर कमिटीका अध्यक्ष नरबहादुर थापाले जानकारी दिए। साथै उनले भने पालिकामा यो पहिलो चरणको कार्यक्रम सम्पन्न भएको हो। अब जनवर्गीय संगठनसँग बसी समीक्षा हुनेछ। कमिटीको जागरण अभियानमा केन्द्रीय रणनीतिअनुसार नै जनताको बहुदलीय जनवाद जब जलाई आत्मसाथ गर्दै अभियान चलाएका छौं यो अभियान वडा र टोलसम्म पुगेको छ विगतमा अघि सारेका छ जको नीतिलाई भुइँ सतहमै लागू गरेका छौं।

जनतामा जाउँ ,जनताका कुरा सुनौँ ,जनप्रिय बनौँ ,जनसंगठन परिचालन गरौँ ,जबज अध्ययन र आत्मसाथ गरौँ र योग्य एवं सक्षम नेतृत्व तयार गरौं यिनै विषयवस्तुका साथ हामी आम जनतामाझ जाँदा राम्रो परिणाम देखिएको छ पुराना कार्यकर्तासँग भेटघाट भएको छ उनले भने।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शुक्रबार