२०८३ कात्तिक ५ , बुधबार

भेरीगंगामा प्रथम जेन्जी स्मृति कप २०८३ आज भब्यताकासाथ सम्पन्न



केशर वली/सुर्खेत: भेरीगंगा नगरपालीका वडा नं १० को मदानिचौरमा प्रथम जेन्जी स्मृति कप २०८३ आज भब्यताका साथ सम्पन्न भएको छ।

भेरीगंगा नगरपालीका वडा नं १० का जेन्जी समूहले आफ्नै आन्तरिक लगानी र डोनेसन मार्फत आर्थिक संकलन गरी चाड पर्व नजिकिँदै गर्दा आफ्नो वडामा खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको हो। असोज २८ गते देखि आज कार्तिक १ गते सम्म संञ्चालन भएको यो खेलमा १६ ओटा टिम गरी झण्डै १७५ भन्दा बढी खेलाडी सहभागी भएको आयोजक समितिले के.आर.के.टाईम्स. लाई बताएको छ। आयोजक समितिका अनुसार समितिको आन्तरिक श्रोत बाट रु ४० हजार र व्यापार,व्यवसाय,उद्यमी र वैदेशिक रोजगारीमा गयका सहयोगी दाताबाट रु १ लाख २५ हजार संकलन गरी उक्त खेल सम्पन्न गरिएको हो। खेलमा प्रथम हुने सहभागी टिमलाई नगद रु ३० हजारका साथै ट्रफी र प्रमाणपत्र, द्वितीय हुने सहभागी टिमलाई नगद रु १३ हजारका साथै मेडल र प्रमाणपत्र को व्यवस्था गरिएको थियो। खेलमा सहभागी जनाउँदै चन्द्रापुर फुटबल क्लब लेकबेसी -१० विजेता बनेको छ भने खेलमा सहभागी बनेको याम.यफ्.सि.भेरीगंगा -१० मदानिचौर उप-विजेता बनेको छ ।

 

असोज २८ गते तामझामका साथ उद्घाटन भई सुरु भएको यो खेलकुद प्रतियोगिता आज कार्तिक १ गते भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम सम्पन्न पश्चात् आयोजक समितिका तर्फबाट लोकेश रावतले कार्यक्रम आयोजनामा सहयोग गर्ने सहयोगी दाता शुभ चिन्तक सुभेच्छुक र खेलमा सहभागी सहभागी टिमलाई धन्यवाद दिएका छन्।

 

कार्यक्रमका प्रमुख अतिथि भेरीगंगा नगरपालीका वडा न १० का वडा अध्यक्ष बिर बहादुर बस्नेतले भने “खेल भनेको केबल जित र हारको पर्दिस्पर्द मात्र होइन खेलले अनुशासन एकता सहकार्य आत्मविश्वास स्वास्थ्य जीवनशैलीको बिकाश गर्छ” यो खेल सञ्चालनको लागि प्रत्यक्ष्य अप्रत्यक्ष्य सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

 

प्रकाशित मिति : २०८३ कात्तिक ३ गते सोमबार