केशर वली/सुर्खेत: भेरीगंगा नगरपालिका वडा नं १० का वडा अध्यक्ष बिर बहादुर बस्नेत आफ्नो वडामा सड्क निर्माणको काम निर्माण व्यवसायीले समयमै नगर्दा आक्रोसित भएका छन्।
भेरीगंगा १० को बचकोटी चोक देखि झिलिमिले जोड्ने सड्क निर्माणको लागी आर्थीक वर्ष २०८२/८३ मा स्थानिय सरकार र लिप्स परियोजनाको साझेदारीमा रु ९० लाख बजेट र आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली परदेश सरकार मार्फत रु २५ लाख बजेट बिनियोजन भएको थियो। आर्थिक वर्ष सकिँदा पनि हालसम्म निर्माण व्यवसायीको तर्फबाट कुनै काम नभएको वडा अध्यक्ष बस्नेतको गुनासो छ। उनले भने “यो काम समयमै सम्पन्न हुनुपर्ने हो,जनताले ठूलो सस्थी भोग्नु परेको छ,यहाँ जनताले नेताले काम गरेनन् भनेर गाली मात्र गर्ने अवस्था छ तर यहाँ काम गर्ने भनी सम्झौता गरेका निर्माण व्यवसायीले समयमै काम नसक्दा यहाँ हामीले गाली मात्र खानु परेको छ” ? यस्तै हो भने हामी बजेट भुक्तानीमा रोक लगाउँछौ।
यस्तै वडा सदस्य गोपाल वनगाडीले भने कामको जिम्मा लिएका निर्माण व्यवसायीले काम अलपत्र परेर छोडेका छन् ।बचकोटी चोक देखि झिलिमिले जोड्ने ११ सय मिटर सड्क नाला सहितको ग्रावेल र कालोपत्रे समेत गर्नु पर्ने सम्झौता भएको हो -८२ चैत्र मसान्तसम्मको सम्झौता हो पटक पटक हामीले ताकेता गर्यौं तर ठेकेदारले हालसम्म १० प्रतिशत पनि काम नगरेको उनले आरोप लगाए।
यस्तै निर्माण ब्यबसायी न्यु प्रवेश निर्माण सेवाका संचालक किरण भाटले आफू सम्झौता अनुसारनै काम सक्ने गरी लागेयको र वाल निर्माण गर्ने काम, शल्याब हाल्ने काम आदि गरेको तर केही प्राविधिक समस्याले काम गर्न नसकेको स्वीकार गरे ।

