केशर वली/सुर्खेत:राष्ट्रिय स्वतन्त्र पार्टी भेरीगंगा नगरपालीका वडा नं ३ ले आफ्नो पहिलो वडा अधिनवेशन भोलि कार्तिक ९ गते सोमबार गर्ने भएको छ।
वडाको भेला गत जेठ २६ गते गरिए पनि पार्टीको अधिनवेशन सफल हुनसकेको थिएन भोलि ९ गते अधिनवेशन कार्यक्रम सँगै पार्टीको पोर्टलमा दर्ता हुन्छ र त्यसैलाई पार्टीले आधिकारिक अधिनवेशन भएको मान्छ। नगर कार्यसमितिका सचिव झासेन्द्र चपाई ले के.आर.के.टाईम्स सँग बताए।
यस्तै गत जेठ २६ गते पार्टीको वडा भेला कार्यक्रमबाट सभापतिमा चयन भएका विजयलाल वलीले भोलिको कार्यक्रम सभ्य भव्य हुने भएको हुनाले पार्टीका सम्पूर्ण समर्थ सुभ्चिन्तक सबैलाई उपस्थिति हुन् अनुरोध गरेका छन् । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी रा स्व पा ले जान्नेलाई छान्ने नीति लिएको पार्टीले लिडरशिप एकेडेमी जस्ता कार्यक्रम छिट्टै गर्ने त्यसैले पनि वडामा अब सक्षम नेतृत्व आबसेक भएको बताएका छन।


