केशर वली/सुर्खेत: भेरीगंगा नगरपालिले उपभोक्ताको हक हित र अधिकारलाई ख्यालमा राखी पालिका भित्रका मुख्य बजार क्षेत्रमा अनुगमन गरेको छ।
भेरीगंगा नगरपालिकाको संयुक्त प्रयास, जिल्ला प्रशासन कार्यालय सुर्खेत, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेत,उद्योग वाणिज्य सङ्घ भेरी र घरेलु तथा साना उद्योग महासंघ भेरीगंगाले छिन्चु,रामघाट,जहरे र झिङ्गी बजारका औषधि पसल,अग्रोभेट, होटेल रेस्टुरेन्ट,खाजा तथा नास्ता पसल र किराना पसल लगायतका एक सय पाँच बढी पसलमा अनुगमन गरेको हो ।
असोज ६ र ७ गते दुई दिन लगाएर गरिएको उक्त अनुगमनका क्रममा बजारका धेरै एग्रोभेटमा म्याद नागेका बीउ बीउजन बिक्री वितरण गर्न राखेको पाए पछि तिसबै बीउ बीउजन जफत गरिएको छ भने धेरै औषधि पसलहरूमा म्याद गुज्रिएका औषधि बिक्री वितरण गर्दै आएको देखिएपछि संवेदनशील विषय भन्दै नगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले सबै औषधि जफत गरेका छन् भने मेडिकल सञ्चालकलाई आगामी दिनमा यस्तो नगर्न समेत कडा निर्देशन समेत दिईएको छ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतबाट खटिएका टोलीले बजारका धेरै किराना पसलमा म्याद गुज्रिएका वस्तु सँगै विभिन्न होटल तथा रेस्टुरेन्टबाट अखाद्य वस्तु फेला पारी नियन्त्रणमा लिएको हो।
अनुगमनका क्रममा उधोग शाखा भेरीगंगाले अनुगमन गरिएका सबै पसल ब्याबसाय पालिकामा दर्ता नवीकरण गर्न आएका छन् वा छैनन्,ब्याबसाय गर्नेले मूल्य सूची राखेका छन् वा छैनन्,खरिद विक्री बिल छ वा छैन, दर्ता प्रमाणपत्र छ वा छैन आदि हेरफर गरेको छ। यदि यी कागजात नभएकालाई उद्योग शाखाले तीन दिन भित्र गर्न र पालिकामा दर्ता नभएकालाई ७ दिन भित्र गर्न निर्देशन दिएको छ।
विभिन्न निकायको सहयोगमा नगरपालिकाले १ लाख ४० हजार ९६८ रुपैयाँ बराबरको सामग्री बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक सीडी ओ डिल बहादुर कार्कीले अनुगमनका क्रममा भने हामीले यो अनुगमन उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी चाडपर्व लक्षित गरेका हौं। विगतमा भन्दा अहिले बजार क्षेत्रमा धेरै मात्रामा सुधार आएको छ। सबै जना सचेत हुनुपर्छ हामीले जफत गरेका सबै सामग्री कानुनी प्रक्रिया पुरा गरी नष्ट गरेका छौ।

