केशर वली/सुर्खेत: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशका सह-महामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
सुर्खेतको चौकुने गाउँपालिका–५, स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिको रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महामन्त्री अधिकारीसहित पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ।
आयोगका अनुसार बिना औपचारिक निर्णय रकम खर्च गर्ने, नक्कली कागजात तयार गरी भुक्तानी लिने तथा काठ बिक्रीबाट प्राप्त १२ लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सह-महामन्त्री अधिकारीले भने अख्तियारले दायर गरेको मुद्दाको खण्डन गर्दै सामाजिक सञ्जाल मार्फत उक्त मुद्दा को कानुनी लडाई लड्ने बताएका छन्।
प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार









