२०८३ साउन १२ , मंगलबार

चित्तामा जलिरहेको लास बगायो भेरी नदीले



केशर वली/सुर्खेत। भेरीगंगा नगरपालिका वडा नं – ४ कि ८७ वर्षीय गङ्गादेवी न्यौपानेको मृत शरिर दाहसंस्कार गर्ने क्रममा भेरी नदीले बगाएको छ।

 

असार १८ गते बेलुका ६:०९ बजेको समयमा भेरीगंगा नगरपालिका वडा नं – ४ बिरेडाडाकि गङ्गादेवी न्यौपानेको असमायिक निधन भएको थियो। आज बिहान ११:३२ मा भेरी पुलमा उनको मृत शरिरको दाहसंस्कार गर्ने क्रममा यकासी नदीको बहाव बढेर चित्ता बगाएको हो। प्रत्यक्ष दर्शीका अनुसार मृत शरिरलाई दागबत्ती दिने काम सकिएको, सबै मलामी आ-आफ्नो घर गैसक्यका र त्यहाँ आफन्त जनहरु मात्र भएको अवस्थामा घट्ना भएको थियो।

 

 

 

 

प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रबार