२०८३ साउन १२ , मंगलबार

आफ्नो जन्म दिनकोअवसरमा: विभिन्न जातका बिरुवा रोप्दै वडा अध्यक्ष बस्नेत



केशर वली/सुर्खेत:  भेरीगंगा नगरपालिका वडा नं १० का वडा अध्यक्ष बिर बहादुर बस्नेतले आफ्नो जन्म दिनको अवसरमा वाडा कार्यालय परिसरमा विभिन्न जातका बिरुवा रोपेका छन्।

 

आज १८ गते बिहीबार बस्नेतको जन्म दिन हो । जन्म दिनको अवसरमा उनी लगायत वडाका सचिव केशवराज हमाल,लायन्स इन्टरनेशनल डिस्ट्रिक 325 N नेपालका एरिया 3 का रिजन चियर पर्सन अमर वली स्वास्थ्य तर्फका कर्मचारी केशरी नेपाली, कल्पना धौलाकोटी र मुना पुन मगर लगायतको टिमले वडा कार्यालय भवन वार पर पारिजात, अमला,रिठा र सितल चिनी लगायतका दुई दर्जन बढी बिरुवा रोपेका छन्।

 

अध्यक्ष बस्नेतले हाँस्दै भने “गतसलका वर्षहरूमा जन्म दिन भन्दै थुप्रै आफन्तजन साथी भाईहरुले सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गर्नु हुन्थ्यो पोहोर साल खानपिनमा पनि धेरै पैसा खर्च गरियो यो वर्ष कसैलाई थाहा छैन म लगायत सबै साथीहरुले बिरुवा रोपेका छौं सबै बिरुवा जगे भविष्यमा स्मरण रहनेछ”

 

प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार