केशर वली/सुर्खेत: राष्ट्रिय स्वतन्त्र पार्टी भेरीगंगा नगरपालिकाले प्रयोग गर्दै आएको आफ्नो पार्टी कार्यालय नयाँ ठाउँमा सारेको छ ।
वि.स. २०७९ साल असार – ७ गते स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले देशैभर आफ्नो संगठन विस्तार गर्ने क्रममा भेरीगंगा नगर कार्यसमितीका सभापति राजेन्द्र प्रसाद शर्मा र लोकेन्द्र कार्की लगायतको टिमले पार्टी कार्यालय स्थापना गर्नु भएको थियो। उक्त पार्टी कार्यालय तीन वर्ष यता भेरीगंगा -१० नेपाल विद्युत प्राधिकरणको शाखा कार्यालय नजिक रहेको थियो । हाल आएर पार्टीमा धेरै संख्यामा सदस्य जोडिएको हुनाले उक्त कार्यालय अलि सानो भयो त्यसैले नयाँ पार्टी कार्यालय लिएकाहौं नगर सचिव झसेन्द्र चपाईले के.आर.के. टाईम्स सँग बताए।
साथै उनले भने: ‘हालको पार्टी कार्यालय भेरीगंगा -१२ छिन्चु बजारस्थित देउती टोलमा रहेको छ उक्त कार्यालय संञ्चालनको लागि निःशुल्क रूपमा रत्न प्रसाद चपाईले उपलब्ध गराउनु भएको छ’। त्यसकालागि पार्टीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट उहाँलाई धन्यवाद दिनचाहन्छु।

