केशर वली/सुर्खेत:उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशानालय कर्णाली प्रदेश सुर्खेतले भेरीगंगामा चपल बनाउने तालिम दिएको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ४,१० र १२ का १० जना महिलालाई उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशानालय कर्णाली प्रदेश सुर्खेतले 15 देने चपल बनाउने तालिम दिएको छ। बिरेन्द्रनगर १ कि चित्रा विश्वकर्माले यो तालिम दिँदै आएकि छिन्। उनले आफ्नो तालिमबाट महिला दिदीबहिनीले धेरै छिटो चपल बनाउन सिकिरहेको र तालिम पश्चात् सिकेको सीपलाई पूर्ण प्रयोग गरे महिलाहरु राम्रो उद्यमी ब्यबसायी बन्न सक्ने विश्वकर्माले बताईन् । उनले नेपालमै बनेको कच्चा पदार्थबाट चपल बनाएको र यो निकै बलियो र टिकाउयुक्त हुने दाबी गरिन् । यो व्यवसाय सानो लगानीबाट एकजनाले घरमै बसेर पनि गर्न सकिन्छ स्वदेशी उत्पादन हो सुर्खेतको पञ्चपुरीमा पनि त्यहाँका महिलाहरूले यसको व्यावसायिक उत्पादन सुरु गर्नुभएको छ उनले भनिन्।
असार ८ गते देखि भेरीगंगा नगरपालिका वडा नं ४ को कार्यालबाट यो तालिम प्रदान गरिएको छ। यो तालिम असार २२ गते सम्म सञ्चालन हुनेछ।
भेरीगंगा नगरपालिकाको छिन्चु,रामघाट,जहरे र झिंङनी जस्ता बजारमा चप्पलको बजारीकरण हुन् सके सीप सिकेका महिलाहरु आफैं उद्यमी बन्न सक्ने छन् । सीप सकिसकेपछि पहिलो चुनौतीनै चप्पलको बजारीकरणमा हुनेछ। कसैले लगानी र बजारीकरणको जिम्मा लागे महिलाहरु रोजगारी बन्ने छन् भेरीगंगा चारका वडा अध्यक्ष्य गंग बहादुर खत्रीले के.आर.के.टाईम्स. सँग भने।

