२०८३ साउन १२ , मंगलबार

वडा अध्यक्ष:दिनेश पुलामीमाथि ज्यान मार्ने धम्की



केशर वली/सुर्खेत: सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं -१ का वडा अध्यक्ष दिनेश पुलामीमाथि केही अपरिचित समूहद्वारा  ज्यान मार्ने धम्की आएको छ।

बुधबार राति १२:००  बजे को समयतिर  भेरीगंगा नगरपालिका वडा नम्बर -१ का वडा अध्यक्ष दिनेश पुलामी आफ्नो भेरीगंगा -४ को बाउनचौर टोल स्थित घरमा सुतिरहेको बेला अपरिचित ४/५ जनाको समूह आएर विभिन्न डर धम्की दिई ज्यान मार्ने धम्की समेत दिएको आफु सहित घरमा दश वर्षको  छोरा भुवन पुलामी र वडा सदस्य टोप बहादुर गुरुङ  साथमा भएकाले धेरै संयमित  भएर आफु सहित उनीहरूको प्रति-रक्षा गरेको  अध्यक्ष दिनेश पुलामीले के.आर.के.टाईम्स सँग बताए।

मध्यरातमा आफ्नो घरमा यस्तो खालको  घटना घटेपछि  अध्यक्ष पुलामीले  आज इलाका प्रहरी कार्यालय छिन्छुमा  उजुरी दिएका छन् ।

प्रकाशित मिति : २०८३ असार ४ गते बिहीबार