२०८२ चैत २९ , आइतबार

सुर्खेत बिरेन्द्रनगर बसपार्क मा एक युवा माथि चक्कु प्रहार



केशर वली /सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर बसपार्कमा क्षेत्रमा एक युवकमाथि गएराति अज्ञात समूहले साङ्घातिक आक्रमण गरेको छ । ‎ आक्रमणबाट लेकबेशी नगरपालिका–६ का २२ वर्षीय ललित परियार घाइते भएका छन् । शुक्रवार राति १२ बजेको समयमा वीरेन्द्रनगर बसपार्कमा परियारमाथि धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले जानकारी दिए ।
उनकाअनुसार घाइते परियारको आँखामा गम्भीर चोट लागेको छ । घाइते परियारको प्रदेश अस्पतालमा उपचारका लागि लगिएको र थप उपचारका लागि आज मात्र नेपालगन्ज लगिएको छ । स्कुटरमा आएका दुई जनाको समूहले परियारमाथि आक्रमण गरी फरार भएको  प्रहरीको भनाइ छ । प्रहरीले घटनामा संलग्नको खोजीकार्य  तीव्र भएको जानकारी दिएको छ ।
‘अहिलेसम्म घटनाको कारण खुल्न नसकेको   सामान्य सोधपुछका लागि २०/२५ जनालाई नियन्त्रणमा लिएको प्रहरीको दाबी छ।साथै प्रहरीले अक्राउ परेकालाई  दोषी भन्न नसकिने  तर घटनमा संलग्नको पहिचान गरी कारबाही गर्ने दाबि गरीको छ।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिबार