२०८३ वैशाख २ , बुधबार

सुर्खेतमा जरायोको सिङ,पेस्तोल, लागुऔषध र घरेलुुहतियार सहित दुई युवा पक्राऊ



केशर वली /सुर्खेत। सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा जरायोको सिङ, पेस्तोल,लागुऔषध र घरेलु हतियार (खुकुरी) सहित दुई जनालाई पक्राउ गरेको छ।गए राति वीरेन्द्रनगरको कालिन्चोकस्थित राधाकृष्ण मन्दिर नजिकैबाट दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर०८ का २३ वर्षीय विद्धान शाही र अर्का २२ वर्षीय युवक आदित्य घिमिरे रहेका छन्।

वीरेन्द्रनगरस्थित कालिञ्चोक एरियामा ठूलो मात्रामा लागुऔषध तथा हतियार रहेको भन्ने सुचना प्राप्त पछि जिल्ला प्रहरी कार्यालय सुर्खेको टोली श्राउन १ गते रातको १२ बजेको समयमा खटिएको थियो । प्रहरीले वीरेन्द्रनगर नगरपालिका वडा नं ८ राधा कृष्णमन्दिर नजिकबाट दुई जनालाई शंकास्पद अवस्थामा फेलापरी उनीहरूको शरिर खानतलास गर्दा लोपउन्मुख प्रजाति मध्यको जनावर (जरायोको सिङ) एक थान, पेस्तोल एक थान ,लागुऔषध र बिभिन्न घरेलु हतियार (खुकुरी) सहि फेलापारी नियन्त्रणमा लियो।

आज जिल्ला प्रहरि कार्यालय सुर्खेतले पत्रकार समेल्न गरी पक्राऊ पर्नेहरूमाथि प्रारम्भिक बयान लिएको र थपघटनाको अनुसन्धान प्रकृया अगाडि बढेको जानकारी गराएको छ।

प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रबार