२०८२ चैत २९ , आइतबार

भेरी नदीमा माछा मार्ने क्रममा एकजना ब्यपत्ता



समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • सुर्खेतको भेरीगंगा नगरपालिका–२ सहत्तरीमा भेरी नदीमा माछा मार्ने क्रममा ३८ वर्षीय दुर्ग बहादुर बादी बेपत्ता भएका छन्।
  • मंगलबार बिहान श्रीमतीसँगै माछा मार्न गएका उनी अचानक नदीमै हराएका हुन्।
  • वडा अध्यक्ष, प्रहरी र स्थानीयले खोजी गरे पनि हालसम्म फेला परेका छैनन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

केशर वली/सुर्खेत: सुर्खेतको भेरीगंगा नगरपालिका -२ को सहत्तरीमा भेरी नदीको माछा मार्ने क्रममा एक स्थानिय बेपत्ता भएका छन्। २५ गते मंगलबार विहान ९:०० बजे भेरीगंगा नगरपालिका वडा नं – २ का ३८ वर्षिय दुर्ग बहादुर बादी र उनको श्रीमति सँगै माछा मार्न गएका थिए। माछा मार्ने क्रममा दुर्ग बहादुर वादी नदिमै बेपत्ता भएका हुन्।

दुर्ग बहादुर बादी माछा मार्ने क्रममा बेपत्ता भएपछि उनको श्रीमतीले स्थानीयलाई भनेको र पछि भेरीगंगा – २ का वडा अध्यक्ष चिरञ्जीवी बुढा, ईलाका प्रहरी कार्यालय छिन्चुको टोली र स्थानीय मिली खोजी कार्य समेत गरेको तर अहिले सम्म फेला नपरेको वडा अध्यक्ष चिरञ्जीवी बुढाले krktimes लाई बताए ।

प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार