२०८२ चैत २९ , आइतबार

श्रावउने सङ्क्रान्ति लागेसँगै देउती बज्यै मन्दिरमा भक्तजनको भिड



केशर ओली/सुर्खेत:आज श्रावण महिनाको पहिलो दिन अर्थात् श्रावण सङ्क्रान्तिको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित देउती बज्यै मन्दिरमा बिहानैबाट भक्तजनको भीड लागेको छ ।

भगवान शिवको आराधनाका लागि विशेष मानिने साउनमा भक्तजनहरू बिहानै देउती बज्यै मन्दिर पुगेका हुन् । साउनमा महिलाहरूले हरियो चुरा, माला र मेहन्दी लगाएर व्रत बस्ने गर्छन् । साउनको पहिलो सोमबार देउती बज्यैसहित देशभरका शिवालयमा अझ ठूलो भीड लाग्ने गरेको छ ।

प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार