केशर वली/सुर्खेत: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तेस्रो स्थापना दिवसको अवसर पारेर सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान सुरुवात गर्यो । अभियानको सामान्य ढंगले सुरुवात गरिएको भए पनि यो अभियानलाई निकै वृहत र शक्तिशाली बनाउने तयारी रास्वपाले गरेको छ ।
हस्ताक्षर अभियानले (रास्वपा) को कमजोर संगठन् रहेको कर्णाली प्रदेशमा पनि तीब्रता पाएको छ। सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकामा केहि दिन देखि यो अभियान निरन्तर चल्दै आएको छ।पार्टीको हस्ताक्षर अभियानलाई निरन्तरता दिनको लागि भेरीगंगा नगर कार्य समिति (रास्वपा) का पार्टी सभापति प्रदिप वली (पठे), उप-सभापती दीपेन्द्र कु. राणा, सचिव झसेन्द्र चपाई लगायतको टिम र सुर्खेत जिल्लाका उप-सभापती जगत बस्नेत, प्रदेश सहमहामन्त्री हरि प्रसाद अधिकरी अभियानमा सक्रिय रुपमा लागी परिरहेको पार्टी सचिव झसेन्द्र चपाईले के.आर.के.
टाईम्सलाई जानकारी दिए । पार्टी सभापति माथि राजनीतिक प्रतिशोध भएको भन्दै भेरीगंगामा चलाइएको पनि यो अभियानमा सहमति जनाउँदै दुई दिनमा आठ सय हस्ताक्षर संकलन भएको सचिब चपाइले बताए।
यस्तै तरिकाले करिब यो अभियन सय दिन चल्ने हो भने भेरीगंगामा मात्रै मात्र दश हजार भन्दा बढी हस्ताक्षर संकलन हुने र यसै अनुरूप आफुहरुले लक्ष्यलाई तीब्रता दिएको रहेको सचिब चपाईको दाबी छ।
रविलाई उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले गत चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशलाई गत जेठ ९ गते सर्वोच्च अदालतले पनि सदर गरिदियो । सर्वोच्चको निर्णयपश्चात कम्तिमा मुद्दाको फैसला नहुँदासम्म रवि थुनामै बस्नुपर्ने भएको छ । कानूनी बाटोहरु बन्द भएपछि रास्वपाले सडक संघर्षको नयाँ स्वरुपका रुपमा देशै भरी ‘हस्ताक्षर अभियान’ को सुरुवात गरेको हो। छोटो समयमा (रास्वपा)को यो अभियान संगठनका हिसाबले निकै कमजोर र भौगोलिक रूपमा दुर्गम मानिने कर्णालीको कुना कन्दरामा समेत पुग्ने रास्वपाका नेताहरुको दाबी छ।










