२०८३ वैशाख ३ , बिहीबार

कक्षा १२ को परीक्षा नजिकिँदा विद्यार्थी अन्योलमा। किन दिइन पदबाट शिक्षामन्त्रीले राजीनामा।



केशर वली/ सुर्खेत: आगामी वैशाख ११ गतेदेखि हुने भनिएको माध्यमिक शिक्षा कक्षा १२ को परीक्षा यतिबेला अन्योलमा परेको छ। गत महिनाको चैत्र २० गतेदेखि देशभरका शिक्षक आफ्ना विभिन्न माग राख्दै संघीय राजधानी काठमाडौँमा आन्दोलनरत हुँदा यता कक्षा १२ को परीक्षा दिन तयार बसेका परीक्षार्थी अन्योलमा परेका छन्।

आफ्नो माग पूरा नभएसम्म आन्दोलन गर्न नछाड्ने भनी सामुदायिक विद्यालयमा अध्यापन् गराउने देशभरका शिक्षक काठमाडौँमै रहँदा यता नयाँ शैक्षिक सत्रको भर्ना अभियान पनि रोकिएको छ प्राइभेट क्षेत्रका बोर्डिङ स्कुलले धमाधम विद्यार्थी भर्ना गरी कक्षा पनि सुचारु गरिसकेका छन् । सामुदायिक विद्यालयमा शिक्षक नहुँदा न त भर्ना नै भएको छ न त नयाँ कक्षा सुचारु आफ्नो माग सम्बोधन गराउन झन्डै १९ दिन लामो समयसम्म शिक्षकको आन्दोलन कायमै छ।

राष्ट्रिय परीक्षा बोर्डले भनेकै मितिमा कक्षा १२ को परीक्षा सञ्चालन हुने दाबी गर्दै आएको छ। वैशाख ११ गते आउन अब जम्मा तीन दिन बाँकी छ। देशभरका शिक्षक एक ठाउँमा आन्दोलनरत हुँदा र शिक्षकको माग सरकारले सम्बोधन गर्न नसकेको भनी शिक्षामन्त्री विद्या भट्टराईले हिजो सोमबार पदबाट राजीनामा दिएकी छन्। यसले पनि झन् विद्यार्थीमा कक्षा १२ को परीक्षा हुने वा नहुने भनी अन्योलता छाएको हो।

प्रकाशित मिति : २०८२ वैशाख ९ गते मंगलबार