केशर वली/ सुर्खेत: यातायात कार्यालय सुर्खेतमा पछिलनो समय सेवाग्राहीका काम तिब्र रुपमा भएको छ।
वीरेन्द्रनगर-१२ सुर्खेतका मोहन विष्ट सवारी चालक हुन्।उनले यातायात कार्यालय सुर्खेतमा पछिलनो समय सेवाग्राहीका काम तिब्र रुपमा भएको बताउँछन्। आज आसर १६ गते विहान ११:०० बजे उनी आफ्नो जीप को ब्लुबुक नवीकरण गर्न यातायात कार्यालय सुर्खेतमा गयको,आफ्नो सवारी साधनको तिर्नु पर्ने कर बैंकमा तिरी रसिद काटेर सबै कागजात कर्मचारीलाई उपलब्ध गराउनसाथ २५/३० मिनेटमा आफ्नो काम सकिएको र त्यही काम गर्न विगतका वर्षहरूमा दिनभर लाग्ने र निकै गाह्रो हुने काम छिटो गर्दिने बाहानामा केही एजेन्टले कमिशन समेत खाने प्रचलन रहेको उनले बताए ।
विष्टले भने म विगत तिस-बत्तीस वर्ष देखि सवारी साधन चलाउँदै आएको छु। यो वर्ष देशमा नयाँ सरकार आय देखि बिभिन्न प्रसासनिक सुधार भयको कुरा सुनिएको थियो आज आफ्नै कामले यातायात कार्यालय जाँदा मैले प्रतक्ष महसुस गरे साथै यातायात कार्यालयका कर्मचारीको सेवाग्राही प्रती राम्रो रेस्पोन्स छ। जेहोस् देशमा सुशासन,जबाफदेहिता र पारदर्शिताको जग बस्दै छ उनले के.आर.के.टाईम्स. सँग भने।

