२०८३ साउन १२ , मंगलबार

सुर्खेतमा फैसला कार्यान्वयनका क्रममा एक फरार प्रतिवादी पक्राउ



केशर वली/सुर्खेत: जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्ला अदालत सुर्खेतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला अदालत सुर्खेतको फैसला कार्यान्वयन अन्तर्गत जबर्जस्ती करणी मुद्दामा ५ वर्ष कैद र रु २ लाख ५० हजार जरिवाना तोकिएका फरार प्रतिवादीलाई आज सुर्खेत प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–११ बस्ने ३८ बर्षका कृष्ण रिजाललाई खोजतलास गर्ने क्रममा आज  १० गते बिहान १० बजे वीरेन्द्रनगर –८ बाट पक्राउ गरिएको र पक्राउ परेका रिजाललाई आवश्यक कारबाहीका लागि सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतमा फैसला कार्यान्वयनका लागि बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधबार