२०८३ साउन १२ , मंगलबार

भेरीगंगामा उप-प्रमुख स्वरोजगार कार्यक्रम मार्फत: कृषकलाई बिशेष सहुलियतमा हाते ट्याक्टर वितरण



केशर वली/सुर्खेत: सुर्खेतको भेरीगंगा नगरपालिकाले पालिका भित्रका १६६ जना कृषकलाई विशेष सहुलियतमा मिनी टेलर (हाते ट्याक्टर) वितरण गरेको छ।

उपप्रमुख स्वरोजगार कार्यक्रम अन्तर्गत यो वर्ष पालिकाले ‘कृषि यान्त्रीकरण कार्यक्रम’ सञ्चालन गरेको हो। यस कार्यक्रम अन्तर्गत पालिका भित्रका १६६ जना कृषकलाई विशेष सहुलियतमा हाते ट्याक्टर वितरण गरिएको छ। आज मात्र नाम दर्ता गराएका १२२ जना कृषकले ५०% सहुलियत अनुदान मार्फत रु २८ हजार १ सय ४० रुपैयाँ तिरी पालिकाको कृषि शाखाबाट उपकरण लिएका छन्। कृषि शाखाका एक कर्मचारीका अनुसार भोलिसम्म सबै हाते ट्याक्टर कृषकलाई वितरण हुने छ । भेरीगंगा नगरपालिकाले पालिकाभित्रका नागरिकलाई रोजगारीमा जोड्ने उद्देश्यले हरेक वर्ष उप-प्रमुख स्वरोजगार कार्यक्रम मार्फत यस्तै विविध खालका कार्यक्रम गर्दै आएको छ।

भेरिगंगा १३ कि महिला कृषक चन्द्रा थापा भन्छिन् ”मेरो करिब दुई बिघा जमिन छ,पहिले गोरुले जोत्नुपर्थ्यो छोराछोरी साना हुँदा धेरै समस्या थियो अहिले पालिकाले जोत्नका लागि सहुलियतमा हाते ट्याक्टर दिँदा हामी निकै खुसी भएका छौं। अबत दुई चार दिनमै सबै बरी जोतेर सकिन्छ ”।

 

यस्तै भेरीगंगा १२ का युवा कृषक खुम बहादुर खड्काले जोत्नका लागि गोरु नभएका र पाल्ने ठाउँ नभएका किसानका लागि पालिकले सहुलियतमा हाते ट्याक्टर वितरण गरिरेकोमा कृषि शाखालाई धन्यबाद दिएका छन्।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार