२०८३ भदौ २७ , शनिबार

सुर्खेतको भेरीगंगामा: समाजसेवि युवाले सामुदायिक विद्यालयमा चलाए हस्त लेखन कार्यक्रम



केशर वली/सुर्खेत: सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं -४ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा  विद्यालयको आयोजना र भुपु विद्यार्थीको सहयोगमा दुई दिने हस्त लेखन कार्यक्रम सम्पन्न भएको छ।

आसार छ र सात गते आयोजना गरिएको उक्त कार्यक्रममा भेरीगंगा नगरपालिका वडा नं -४ का शिक्षक सुदिप वली र भेरीगंगा -१२ कि शुसिला शाह पर्शिक्षकका रूपमा रहेको उक्त कार्यक्रममा कक्षा तीन देखि आठ सम्मका झण्डै सत्तरी जना विद्यार्थी सहभागी थिए। यो कार्यक्रम श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको आयोजना र यसै विद्यालयमा अध्ययन गरी हाल वैदेशिक रोजगारीमा रहेका अमृत कार्की,राम बहादुर वली र बिर बहादुर वली को सहयोगमा सञ्चालन भएको समाजसेवि मिलन खड्काले के.आर.के. टाईम्ससँग बताए। साथै उनले भने यो कार्यक्रममा सहभागी सबै विद्यार्थी हरूलाई स्टेशनरी सामग्री पनि वितरण गरिएको छ। यसको आर्थिक ब्यवस्थापन बिर बहादुर वलीले आफ्नो जन्म दिनको अवसरमा गर्नु भएको हो ।यो कार्यक्रम गर्नुको मुख्य उद्देश्य सामुदायीक बिधालयमा अध्ययन गर्ने विद्यार्थी भाई-बहिनीहरूको अक्षर लेख्नमा विशेष सुधारका लागि हो। हामी यस्तो खालको कार्यक्रम भेरीगंग नगरपालिकाका सबै वडामा गर्न खोजेका छौ त्यो हामीले मात्र सम्भव छैन विद्यालय, शिक्षक र अभिभावक को पनि साथ चाहिन्छ।

 

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार