२०८३ जेठ ३० , शनिबार

भेरीगंगा ३ मा शैक्षिक सामग्री वितरण गर्दै: समाजसेवी मिलन खड्का



केशर वली /सुर्खेत: सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ४ का मिलन खड्का लगायतको टिमले आर्थीक रूपमा विपन्न परिवारका विधार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

 

शुक्रबार भेरीगंगा नगरपालिका वडा नं -३ को श्री सरस्वती मा. वि. डुङ्गीखोलामा भेरीगंगा नगरपालिका वडा नं -४ का मिलन खड्का हाल वैदेशिक रोजगारीमा रहेका आमृत कार्की, भुवन बुढा र राम बहादुर वलीले आर्थिक अवस्था कमजोर भएका २७ जना विद्यार्थी हरूलाई रु तिस हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेका छन् । बिद्यालयका प्रधनाध्यापक बिर बहादुर डाङ्गीले कार्यक्रममा बोल्दै भने “सहयोग सामग्री आउँदा हामीहरू निकै खुसी भएका छौं यहाँका विद्यार्थीहरुको सामग्री किन्ने समेत अबस्था नभएको कतिपय विद्यार्थी कापी कलम नभएकै कारन स्कुल जान समेत नमान्ने अबस्था थियो” । सहयोगी मनका धनी समाजसेवी मिलन खड्काले एक वर्ष पुग्ने गरी झण्डै २७ जना विद्यार्थीलाई सामग्री वितरण गर्नु भएको छ यसका लागि विद्यालय परिवार र मेरो व्यक्तिगत तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज विक्रम डाङ्गीले कार्यक्रममा बोल्दै भने “यो कार्यक्रम म अध्यक्ष हुनुभन्दा पहिलानै गर्न खोजेको तर समय जुरेको थिएन आज ठिक समय त्यस्तै परेछ कार्यक्रम सफल भयो यसको लागि मिलन खड्का लगायत उहाँको टिमलाई म धेरै धेरै धन्यवाद दिन्छु”।

कार्यक्रममा बोल्दै मिलन खड्काले भने “यो सामग्री म लगायत वैदेशिक रोजगारीमा रहेका तीनजना साथीहरूको सहयोगमा वितरण गरिएको हो हामीले ०८२/८३ मा भेरीगंगा -४ अन्य विभिन्न विद्यालयमा सामग्री वितरण गरेका थियौं आज यहाँ आएर सामग्री वितरण गरेका छौं यहाँहरुले आफ्नो छोरा छोरीको शिक्षामा विशेष ख्याल गर्नुहोला बोर्डिङमा पढाउँदा तपाईहरु निकै चासो दिनुहुन्छ तर सामुदायिक विद्यालयमा छोरा-छोरी पढाउँदा विद्यालयले बोलाएको बैठकमा समेत उपस्थिति हुनुहुन्न। यही विद्यालयले २०६६ सालमा धेरै विद्यार्थी उत्तीर्ण बनाएको थियो तर २०८२/८३ मा आइपुग्दा एसईईमा जम्मा पाँच जना विद्यार्थी पास भए यो हाम्रो गल्ती हो विद्यालय सुधारमा विशेषगरी विद्यार्थी,शिक्षक र अभिभावक तिन पक्षको महत्त्वपूर्ण भूमिका रहन्छ ”

 

मिलन खड्का एक समाज सेवाकर्ममा निरन्तर लागेका व्यक्ति हुन्। उनले विगतका दिनमा पनि यस्तै आर्थिक रूपले विपन्न असाय र अशक्त परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने जस्ता महत्वपूर्ण कार्य गर्दै आएका छन्। साथै उनले विभिन्न प्राणघातक रोग लागेका रोगको उपचारका लागि आर्थिक सहयोग आवश्यक परेका धेरै बिरामीहरूको सामाजिक सञ्जाल मार्फत आर्थिक सङ्कलन गरी उपचारमा सहयोग आउँदै आएका छन्।

 

 

 

 

प्रकाशित मिति : २०८३ जेठ ३० गते शनिबार