केशर वली /सुर्खेत: राष्ट्रिय स्वतन्त्र पार्टी (रा स्व पा) कर्णाली प्रदेशको प्रथम अधिवेशन यही शनिबार हुँदै छ । अधिवेशनमा सभापतिका लागि महिला उम्मेद्वार स्नेहा उपाध्याय र प्रवक्ताका लागि स्थापना कालदेखि सक्रिय रहँदै आएका संगम रानाको बलियो उम्मेदवारी रहेको छ।
स्रोतका अनुसार, रा. स्व.पा. अधिवेशनमा सभापतिको लागि स्नेहा उपाध्याय, प्रेमबहादुर बोहोरा,नन्दकिशोर बस्नेत (एनके), मानबहादुर शाही र निवर्तमान सभापति मदन खड्का रहेका छन्।
सात प्रदेशमा अधिवेशन तिब्र रुपमा चल्दै गर्दा यता कर्णालीमा भने महिला उम्मेद्वारका रूपमा आगी बढ्दै छिन् स्नेहा उपाध्याय, उनी भन्छिन् “यौटा महिला भएर राजनीतिमा आगी बढ्न निकै गरो हुन्छ” कर्णालीमा हाम्रो पार्टी स्थापना भय देखि आजका दिनसम्म एकदमै कम संख्यामा महिलाको उपस्थिति भएको देखिन्छ त्यसैले महिलालाई नेतृत्वमा लिनु पर्छ ।त्यसैले पनि मेरो सभापतिमा उमेद्वारी हो । पार्टीमा सर्वशहमत निर्णय भएर जाने यौटा माध्यम छ तर हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो त्यसैले असहमतिका बाबजुद निर्वाचनमा पनि सहभागी हुने विकल्प छ ।
यता प्रदेश अधिवेशनमा प्रवक्ताको लागी भने पार्टी स्थापना कालदेखि सक्रिय रहँदै आएका संगम रानाले आफ्नो उम्मेद्वारी रहने बताउँदै आएका छन्। उनी भन्छन पार्टीलाई कर्णालीमा विस्तार गर्दा निकै गाह्रो भयो। सुरुसुरुमा कार्यक्रममा आइदिने मान्छे नै कोही हुँदैनथिए पछि पार्टी सभापति हिरासत र कारागारमा रहँदा यता हामीले पार्टीको झन्डा बोक्दै गर्दा सबैले जिस्काउँथे अहिले हाम्रो पार्टी संघीय संसदको सबैभन्दा ठूलो र विशाल पार्टी भएको छ त्यसैले पार्टीमा सबै साथीहरू अटाउनुपर्छ। अधिवेशनमा प्रवक्ताको रूपमा मेरो उम्मेद्वारी रहने छ। पाँच वर्षका लागि पार्टीमा अझै सक्रिय भएर काम गर्न मन छ।
अधिवेशनका लागि सबै उम्मेद्वारले आ-आफ्नो तवरले तयारी गरिरहेका छ्न् भने सबै नेता तथा कार्यकर्ता भोलि बेलुकासम्मा वीरेन्द्रनगर आइपुग्ने छन् ।







