केशर वली/सुर्खेत: जिल्लाप्रहरी कार्यालय सुर्खेतले छ महिनादेखि ठगी मुद्दाका प्रतिवादी लक्ष्मण बि.क.लाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज प्रेस बिज्ञप्ती मार्फत सुर्खेत जिल्ला भेरीगंगा नगरपालि – १ का ३० वर्षीय लक्ष्मण बि.क. ठगी मुद्दामा सुर्खेत जिल्ला अदालत बाट छ महिना कैद र दश हजार जरिमाना तोकिएका फैसला कार्यान्वयन गराउने बखत फरार रहेका लाई हिजो बेलुका ६:०० बजे इलका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको सयुक्त टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नं ११ मा पक्राउ गरी नियन्त्रणमा लिएको जानकारी गराएको छ।
प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार







