केशर वली/सुर्खेत:राष्ट्रिय स्वतन्त्र पार्टी सुर्खे जिल्लाअधिवेशनबाट रामेश कुमार सापकोटा सर्वसहमत निर्वाचित भएका छन्।
आज भएको राष्ट्रिय स्वतन्त्र पार्टी सुर्खेत जिल्ला अधिवेसनमा जिल्लाका संस्थापक सभापति लक्ष्मी नारायण बस्नेत र रामेश कुमार सापकोटाले उम्मेदवारी दिएका थिए । दुबै जनाको सरसल्लाह पछि बस्नेतले सापकोटालाई सभापतीमा प्रस्ताव जनाएपछि निर्विरोध सापकोटा सभापतिमा निर्वाचित भएका छन्। बाँकी पदाधिकारीको टुङ्गो भोलि बिहान ०८ बजे पूर्ण वैठक बसेर लाग्ने निर्वाचन समितिले जनाएको छ।
प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार







