केशर वली/सुर्खेत: जिल्ला प्रहरी कार्यालय सुर्खेतले ७ ग्राम १५० मिलिग्राम ब्राउनसुगरसहित दुई जना भारतीय नागरिक लाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो करिब २ बजे वीरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाइन क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा खटी उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला श्रावस्ती का २३ वर्षय त्रिपुरारी लाल र भारत उत्तर प्रदेश जिल्ला वहराईच नानपाराका ५६ वर्षय दिलिप कुमार सिंह रहेका छन्। पक्राउ पर्ने दुवै जना सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. – ३ गण्डकी लाइनमा कोठाभाडामा बस्दै आएका थिए। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।






