केशर वली/सुर्खेत: सुर्खेतको भेरीगंगा नगरपालिकाले बृहत प्रांगारिक कृषि तथा पोषण मेला कार्यक्रम २०८३ आयोजना गर्ने भएको छ। “भेरीगंगाको सान: प्रांगारिक कृषि र उद्यमी किसान” भन्ने मूल नाराका साथ नगरपालिकाको कृषि बिकास शाखाले उक्त मेला २०८३ जेठ १ गते आयोजना गर्न लग्यको हो ।
कृषि बिकास शाखाले भेरीगंगा नगरपालीकामा आज पत्रकार सम्मेलन गर्दै नगरपालिकाको कृषि क्षेत्रको गौरव र पहिचानलाई प्रबंधन गर्ने, कर्णाली प्रदेशलाई प्रांगारिक प्रदेश बनाउने , प्रदेश सरकारको संकल्पलाई मूर्तरुप दिन र स्थानीय स्तरमा उत्पादित स्वच्छ एबं पौष्टिक खाद्यबस्तुको बजारीकरण गर्न मेला कोसेढुङ्गा सावित हुने बताएको छ।
मेलामा मुख्यगरी पहिलो सेसनमा प्रर्दशनी तथा स्टल ब्यवस्थापन: जसमा नगरपालिकाका सबै वडाहरु बाट कृषकले उत्पादन गरेका उत्कृष्ट प्रांगारिक तरकारी, रैथाने बाली र कृषि प्रविधिको प्रदर्शन गरिने छ, दोस्रो सेसनमा प्रयोगात्मक कार्यक्रममा: जसमा उत्कृष्ट स्टल छनौट पोषण परिकार को प्रतियोगिता कृषि र पोषण सम्बधि हाजिरीजवाफ प्रतियोगिता हुनेछ, तेस्रो सेसन प्रविधि तथा परामर्श सेसन : जसमा बिज्ञ र किसान बीच संबात कार्यक्रमका हुने छ, चौंथो सेसन ब्यबसायिक तथा बजार पर्वद्धर्न: जसमा किसान र व्यापारी बीच भेटघाट गर्ने कार्यक्रम हुनेछ र पाँचौं सेसन चेतना तथा मनोरञ्जन: जसमा विभिन्न संस्कृति कार्यक्रम मार्फत युवा वर्गलाई कृषिमा आकर्षित गरिनेछ।
कृषि बिकास शाखाका प्रमूख सुराेज बि.सी. ले कार्यक्रम आउँदो महिनाको जेठ १ गते विहान ११:०० बजे देखि सारधा माध्यामिक बिद्यालय चिन्छु को प्राङ्गणमा सञ्चालन हुने र आबसेक परे केही दिन लम्बिन पनि सक्ने उक्त मेलाले भेरीगंगाको कृषि क्षेत्रमा सकरात्मक परिवर्तन ल्याउने जानकारि दिए।






