२०८३ जेठ १२ , मंगलबार

सुर्खेतमा विभिन्न राजनीतिक दल परित्याग गरी झण्डै पाँच सय जनाले गरे रा.स्व.पा. प्रवेश



केशर वली/सुर्खेत :  राष्ट्रिय स्वतन्त्र पार्टी सुर्खेत जिल्ला कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा आज बिभिन्न राजनितीक दलमा आवद्धभएका नेता तथा कार्यकर्ताहरु ठूलो संख्यामा रा.स्व.पा. मा प्रवेश गरेका छन्।

 

 

सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मण कँडेल, ने.क.पा. एमाले कर्णाली परदेश कमिटि सदस्य धुर्ब थापा लगायत अन्य बिभिन्न राजनितीक दलमा आबद्ध झन्डै पाँचसय नेता तथा कार्यकर्ताले सुर्खेतको बिरेन्द्रनगर स्थित जिल्ला समन्वय समितिको हलमा आयोजित पार्टी प्रवेश कार्यक्रमा रा.स्व.पा. मा प्रवेश गरेका हुन्।

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय महामन्त्री भूपदेव शाहको प्रमुख अतिथ्यता रहेको उक्त कार्यक्रममा रा.स्व.पा.नेता प्रमोद न्यौपाने, प्रतिनिधि सभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी सुर्खेत जिल्ला सभापति रामेश कु सापकोटा लगाय नेताको उपस्थिति थियो। प्रमुख अतिथि लगायतका नेताहरूले प्रवेश गर्ने नेताहरूलाई पार्टीमा भव्य रूपमा स्वागत गरेका छन्।

प्रकाशित मिति : २०८३ वैशाख २३ गते बुधबार