२०८३ जेठ १३ , बुधबार

रा.स्व.पा. भेरीगंगाले स्थानीय निर्वाचन २०८४ लक्षित उम्मेदवार छनोट प्रक्रियाको चलायो छलफल



केशर वली/सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी भेरीगंगा नगरकार्य समितिले आगामी स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छनोट प्रक्रियाको सम्बन्धमा आज वैठक बसी बृहत छलफल गरेको छ।

 

भेरीगंगा नगरपालिका छिन्चुमा मा आयोजित बैठक नगर सभापति पठे ओलीको अध्यक्षतामा बसेको थियो। बैठकमा पार्टीका तर्फबाट आगामी निर्वाचनमा उठ्ने उम्मेदवारको छनोटका मापदण्डबारे विस्तृत छलफल गरिएको हो।

छलफलका क्रममा उम्मेदवार निरन्तर रूपमा पार्टीमा सक्रिय रही योगदान गरेको, राम्रो सामाजिक छवि बनाएको, निस्वार्थ रूपमा सामाजिक सेवा गरेको तथा जिम्मेवारी प्राप्त गरेमा पार्टीको नीति–विधिअनुसार काम गर्न सक्ने हुनुपर्ने । साथै, उम्मेदवार छनोट गर्दा धनसम्पत्तिभन्दा पनि योग्य, सक्षम, इमान्दार र जनमत प्राप्त गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालिएको छ।

 

 

साथै नगरकार्य समितिले एक वर्षदेखि पदाधिकारीमा रहे पनि निष्क्रिय भूमिकामा देखिएका सदस्यहरूमाथि कारबाही स्वरूप कोषाध्यक्ष पदमा रहेकी पवित्रा बस्याल र सदस्य पवित्रा धौलाकोहीलाई निष्कासन गरेको छ। त्यसैगरी, रिक्त पदपूर्तिका लागि कोषाध्यक्षमा गीता कार्कीलाई मनोनयन गरिएको छ भने सदस्यमा खुमबहादुर खड्का र कृष्ण वि.क. लाई मनोनयन गरिएको छ।

 

 

प्रकाशित मिति : २०८३ वैशाख १४ गते सोमबार