२०८२ चैत २८ , शनिबार

वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ



केशर वली /सुर्खेत: सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। आज (शनिवार) अन्दाजी दिउँसो ३ बजे वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदे स्थित ललित केसीको घरमा जुवा खेल भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–१० का २७ वर्षीय शिशिर केसी, वीरेन्द्रनगर–७ का ३० वर्षीय डिकेन्द्र थापा, वीरेन्द्रनगर–९ का ३१ वर्षीय करण गुरुङ, वीरेन्द्रनगर–१२ का ४७ वर्षीय परशुराम सोती, वीरेन्द्रनगरका ३७ वर्षीय ललित रेश्मी मगर र वीरेन्द्रनगर–१४ का ३३ वर्षीय निर्मल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए। उनका अनुसार उक्त स्थानबाट १२ गड्डी ताससहित रु. १ लाख ४७ हजार ७९० नगद रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार