२०८२ चैत २९ , आइतबार

वीरेन्द्रनगरमा लागूऔषधसहित एक युवक पक्राउ



केशर वली /सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा लागू औषध सहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ इटौरा निवासी २४ वर्षीय थीरबहादुर चौधरी रहेका छन्।

 

उनलाई हिजो (सोमबार) दिउँसो करिब साढे १ बजेतिर लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थायी प्रहरी बिट लाटिकोइलीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मोहनजंग बुढा थापाले जानकारी दिए।

 

उनकाअनुसार आफ्नै घरमा शंकास्पद रूपमा बसेको अवस्थामा चौधरीलाई चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ७ पुडिया फेला परेको थियो। उक्त पदार्थ नापतौल गर्दा शुद्ध तौल ३२० मिलिग्राम रहेको बताइएको छ।

 

लागुऔषधसहित चौधरीलाई नियन्त्रणमा लिएर आज लागूऔषध सम्बन्धी कसुरमा म्याद थप गरी थुनामा राखेर अनुसन्धान भइरहेको सूचना अधिकारी बुढथापाले जानकारी दिए।

प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार