२०८२ चैत ३० , सोमबार

सर्वोच्च अदालतद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार



केशर वली/सुर्खेत: सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न अस्वीकार गरेको छ । सर्वोच्चले लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

 

न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । लेखककी पत्नी यशोदाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

 

सर्वोच्चको यो आदेशपछि लेखक रिहा हुने छैनन् । कार्की आयोगको प्रतिवेदनको आधारमा प्रहरीले थप अनुसन्धानका लागि भन्दै गत शनिबार बिहान लेखकलाई पक्राउ गरेको हो । जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्री थिए ।

प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार